9 years ago
June 27, 2016
कोपा अमेरिकाको अघिल्लो संस्करणलाई दोहोर्याउदै चिली कोपा अमेरिकामा अर्जेन्टिनालाई टाइ ब्रेकरमा पाखा लगाएर फाइनल जित्न सफल भएको छ ।
निर्धारित ९० मिनेटको खेलामा कुनै गोल हुन नसके पछी अतिरिक्त ३० मिनेट थपिएको थियो । त्यो समयमा पनि बिजेताको टुङो नलागे पछी खेलाले टाइ ब्रेकर मार्फत बिजेता पाएको हो ।
खेल अवधी भरी ५३ प्रतिशत पोसेसन ओगटेको चिलीले पेनल्टीमा ४-२ को नतिजा निकाल्दै पुण उपाधी चुमेको हो । अघिल्लो संस्करणमा फाइनल मा अर्जेन्टिना लाई टाइ ब्रेकर मा नै हराउदै चिली ले उपाधी कब्जा गरेको थियो ।
टाइ ब्रेकरमा प्रहार गर्न उत्रेको चिलिका भिडालको पहिलो सट प्रहार अर्जेन्टिनाका किपर रोमेरोले रोकिदिए पनि मेस्सीको शक्तिशाली प्रहार बाहिरिएपछी पहिलो सट सकिदा दुबै टोली बराबर नै रहे।
अर्जेन्टिनाका लागी मास्कारेनो र अगेरोले गोल गरे पनि बिग्लियाको प्रहार रोक्दै ब्राभोले चिलिको सम्भावना बलियो बनाए । उक्त अग्रता लाई निष्कर्षमा पुर्याउदै सिल्भाले अन्तिम प्रहारलाई जाली चुमाएर चिली लाई पुण बिजेता बनाए ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]