default_image

5 years ago

December 12, 2019

जेससको ह्याट्रिकमा सिटीको सानदार जित

64 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि ४–१ को सानदार जित निकालेको छ । सिटीले जाग्रेबकै मैदानमा पूनरागमन गर्दै फराकिलो जित निकालेको हो ।

खेलको १०औं मिनेटमा ड्यानिल ओल्मोको गोलबाट घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो । एक गोलले पछि परेपछि सिटीले घरेलु टोलीलाई दवावमा राख्दै ३४औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । ग्याब्रियल जेससले रियाद महारजेको पासमा बराबरी गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा जेसस चम्किए । उनले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै ह्याटिक पुरा गरे । ५०औं मिनेटमा फिल फोडेनको पासमा व्यक्तिगत दोस्रो गोल गरेका जेससले ५४औं मिनेटमा बेन्जामिन मेन्डीको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

८४ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए । जितसँगै सिटीले समूह ‘सी’ बाट समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । सिटीले ६ खेलबाट १४ अंक जोडेको छ । यो समूहबाट इटालियन क्लब एटलान्टाले समूह उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।

एटलान्टाले साख्तर डोनेक्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेको थियो । एटलान्टाले ७ अंक जोड्यो । ६ अंक जोडेको साख्त र ५ अंक जोडेको डाइनामोले समूह चरण पार गर्न सकेनन् ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.