5 years ago
December 12, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम हस्टपरले जर्मन क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ । टोटेनहम घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो ।
बायर्नको जितमा किङ्सले कोमान, थोमस मुलर र फिलिपे कोउटिन्होले गोल गरे । टोटेनहमका रायन सेसेग्ननले एक गोल फर्काए । खेलको १४औं मिनेटमा किङ्सले कोमानको गोलबाट घरेलु टोलीले खेलमा १–० को अग्रता लियो । तर, बायर्नको त्यो अग्रता लामो समय टिकेन । २०औं मिनेटमा रायनले बराबरी गोल फर्काए ।
४५औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बायर्नले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ६४औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै बायर्नलाई ३–१ को सहज जित दिलाए ।
जितसँगै बायर्न समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । अपराजित रहेको बायर्नले ६ खेलबाट १८ अंक जोडेको छ । हारका बाबजुत पनि टोटेनहमले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।
यो समूहमा ओलम्पियाकोस र रेडस्टार बेलग्रेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छ । दुवै टोलीले समूह चरण पार गर्न सकेनन् ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]