default_image

5 years ago

December 12, 2019

रोनाल्डो र हिगुआइनको गोलमा युभेन्टसको जित

109 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र गोन्जलो हिगुआइनको गोलसँगै इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा जित निकालेको छ । 

युभेन्टसले घरेलु टोली बायर लिभरकुसेनलाई २–० ले पराजित गरेको थियो । जितसँगै अपराजित रहेको युभेन्टसले ६ खेलबाट १६ अंक जोडेर समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । यो समूहबाट स्पेनिस क्लब एट्लेटिको मड्रिडले उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । एट्लेटिकोले १० अंक जोड्यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि युभेन्टस दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । ७५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिबालाकै पासमा हिगुआइनले गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए ।

यो समूहको अर्काे खेलमा एट्लेटिको मड्रिडले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–० ले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो । एट्लेटिकोको जितमा जोओ फेलिक्स र फिलिपेले गोल गरे । किरियन ट्रिपिएरले तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । २६औं मिनेटमा अल्भेरो मोराटाको गोलले भिएआरबाट मान्यता पाएन ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.