default_image

5 years ago

December 11, 2019

‘के हामीले देशकै लागि खेलेको होइन र?’

273 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली खेलकुद इतिहासमा नतिजाको हिसाबले सर्वाधिक सफल दक्षिण एसियाली खेलकुद मंगलबार भव्य रुपमा सम्पन्न भयो । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नै निवासमा सम्पूर्ण पदकधारी खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गरे । तर घोषणा कार्यक्रम सुरुवातदेखि अन्त्यसम्म असमन्जस मै रहयो ।

दुई साताअघि नै प्याकेज घोषणा कार्यक्रम हुने भनिएपनि कार्यक्रमको दिन विहान प्रधानमन्त्री अस्वस्थ भए । अर्थमन्त्री युवराज खतिवडाले सरकरको प्रतिनिधित्व गर्दै पुरस्कार राशीमा ‘उल्लेखनीय वृद्धि’ हुने भन्दै कार्यक्रम टुंग्याए । बुधबार प्रधानमन्त्री ओलीले खेलाडीको पुरस्कार घोषणा गर्दा स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख दिने घोषणा गरे । सबै खेलाडीमा हर्ष छायो । तर प्रधानमन्त्री रहेको स्टेजमा भने खेलकुद सम्बद्ध पदाधिकारीसहित प्रधानमन्त्रीबीच लामै कानेखुसि चल्न थाल्यो ।

केहीबेर छलफल नै भएपछि प्रधानमन्त्रीले अर्को निर्णय सुनाए । ‘टिम खेलकुदतर्फ स्वर्ण जित्ने खेलाडीलाई ५ लाख प्रदान गरिनेछ । खेलाडीलाई सिकाउने प्रशिक्षकलाई पनि ५ लाख दिइनेछ । अब अन्य रजत-कास्य लगायत सानोतिनो कुरा पछि मिलाउँला,’ प्रधानमन्त्री ओलीले भने । केहीबेर अघि उत्साहित देखिएका खेलाडीको अनुहार मलिन भयो । केहि खेलाडी कार्यक्रम हल छाडेर बाहिर नै निस्किए ।

विशेषगरी फुटबल र बास्केटबल टोलीका खेलाडीमा नैराश्यता प्रष्ट देख्न सकिन्थ्यो । केहीबेर अघि एकल विधाजस्तै पुरस्कार पाइने खुसीमा रहेका खेलाडीको लागि पुरस्कार राशी झन्डै आधा हुनुले अश्चार्यता सँगै दुखभाव पनि देखिन्थ्यो । खेलाडीहरु आ-आफ्ना संघका पदाधिकारी सामुन्ने गुनासो लिएर पुग्दै थिए । संघका पदाधिकारी पनि आश्चर्यमा रहनु स्वभाविक नै थियो ।

यसपटक दक्षिण एसियाली खेलकुदमा ४ खेलको लागि मात्र दर्शकहरुले टिकट काट्नुपर्ने व्यवस्था रहेको थियो । बास्केटबल, क्रिकेट, फुटबल र भलिबल हेर्न २ सय देखि २ हजारसम्म दरका टिकट काटेर लाखौंको संख्यामा दर्शकहरुले खेल हेरे । लोकप्रियताको हिसाबले व्यक्तिगत खेलभन्दा समूहगत खेलमा नै दर्शकहरुको बढी रुची रहन्छ । खेलाडीहरुको आवद्धता हेर्ने हो भने पनि संख्याको हिसाबले समूहगत खेलाडीमा नै बढी खेलाडी हुने गर्दछन् । आम जनमानसमा समूहगत खेलको नै प्रभाव बढी रहेको पाइन्छ ।

फुटबलको टिकट मात्र हिसाब गर्ने हो भने राष्ट्रिय खेलकुद परिषदले सागमा मात्र झन्डै साढे ३ करोड रुपैयाँ हाराहरी टिकटबाट आम्दानी गरेको एन्फाले जनाएको छ । यसबाहेक भलिबल र बास्केटबलमा पनि कभर्ड हल बिरलै खालि देखियो । क्रिकेटको हकमा मूल्य चर्को रहेको भन्दै विरोध भएपछि आयोजकले मूल्य समायोजन गर्नु परेको थियो ।

व्यावसायिकताको पक्षमा हेर्ने हो भनेपनि व्यक्तिगत खेलभन्दा समूहगत खेल नै अगाडि छन् । राखेपले विज्ञापन तथा प्रायोजक सम्झौता गर्दा पनि दर्शकहरु लक्षित विज्ञापन समूहगत खेलमा नै बढी हुने कारण विभिन्न कम्पनिसँग सम्झौता गरेको थियो । अन्य खेलको तुलनामा समूहगत खेल हुने स्थानमा विज्ञापनका बोर्डहरु देखिन्थे । तर अन्त्यमा आम्दानीनै हुने स्रोतका खेललाई पुरस्कारमा केहि अन्याय भएको महसुस गर्न सकिन्छ । व्यक्तिगत खेलमा रजत जित्ने भन्दा समूहगत खेलमा स्वर्ण जित्नेले कम पुरस्कार पाउनु जायज देखिदैन ।

इतिहास पल्टाउने हो भने यसपटक बास्केटबल टोलीले सहभागी भएको चारै स्पर्धामा इतिहास रचेको छ । महिला सिनियर टोलीले ऐतिहासिक रजत पदक हात पार्यो । विश्व च्याम्पियनसिपमा खेल्ने भारतीय टोलीसँग फाइनलमा पराजित भएपछि नेपाल दोस्रो भएको थियो । पुरुष सिनियर टोलीले पनि पहिलोपटक कास्य पदक जित्दै इतिहास रच्यो । यस्तै ३ बाइ ३ तर्फ पुरुष टोली फाइनलमा भारतसँग पराजित हुँदै रजतमा सिमित भयो । महिला ३ बाइ ३ मा पनि नेपालले कास्य पदक जित्यो ।

महिला फुटबल टोलीले भारतसँग पराजित हुँदै पुन: एकपटक रजत पदकमा सिमित भयो । बीच भलिबलमा पनि महिला टोलीले कास्य पदक जित्यो । मार्सल आर्ट्सको तेक्वान्दोमा पुम्से र करातेमा कातातर्फ टिम इभेन्ट पनि थिए । उक्त इभेन्टमा खेल्ने खेलाडीले व्यक्तिगत खेलाडीझैं प्रशिक्षण त गर्नु पर्छ नै, अझ थप प्रशिक्षण आफ्ना साथी खेलाडीसँग टिम इभेन्टका लागि थप मिहिनेत गर्नुपर्ने अवस्था छ ।

पुरुष बास्केटबल टोलीका कप्तान सदिश प्रधानले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । ‘ हामीले पनि देशको लागि खेलेका हौं । जति मिहिनेत अन्य खेलका खेलाडीले गर्नुहुन्छ, हामी पनि उत्तिकै गर्छौं । देशका लागि दिनरात लागेका छौं । सरकारबाट सबै खेलाडीलाई समान व्यवहार हुनु पर्ने होइन र ?,’ उनले प्रश्न गरे ।

बास्केटबल टोलीझैं कीर्तिमानी स्वर्ण जित्न सफल पुरुष फुटबल टोलीका अधिकांश खेलाडी सरकारको निर्णयप्रति खुसी देखिएनन् । सागको गत संस्करणमा पनि स्वर्ण जितेको फुटबल टोलीका हरेक सदस्यले त्यसबेला जनही ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । सरकारले पुरस्कार राशीमा उल्लेखनीय वृद्धि हुने बताएपछि उत्साहित देखिएका खेलाडीले उचित निर्णय नभएको दुखेसो पोखे । ‘ पछिल्लो संस्करण जित्दा ५ लाख दिइएको थियो । यसपटक पनि ५ लाख नै प्रदान गरिने सुन्यौं । केहि दिनअघि मात्र उल्लेखनीय वृद्धि हुन्छ भनिएको थियो, के हो बुझ्न सकिरहेका छैनौं,’ उनले थपे ।

महिला भलिबल टोलीले ऐतिहासिक रजत पदक जित्ने क्रममा फाइनलमा भारतको सामना गरेको थियो । एक समय जितनजिक पुगिसकेको टोली अन्त्यमा दुर्भाग्यपूर्ण रुपमा पराजित हुन पुगेको थियो । उक्त खेल हेर्न उपराष्ट्रपति, राखेप सदस्य सचिव, ओलम्पिक कमिटिका अध्यक्ष लगायत उच्च ओहोदाका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । सोहि अनुरुप उपस्थिति फुटबल र क्रिकेटमा पनि देखियो । तर व्यक्तिगत खेलमा भने उक्त किसिमको उपस्थिति बिरलै देखियो ।

समूहगत खेलकुद एकताको प्रतिक मानिन्छ । विभिन् क्षेत्र, भाषा, समुदाय, वर्ग, लगायतबाट एकै ठाउँमा आएर देशको प्रतिनिधित्व गर्दा हरेक खेलाडीले एक व्यक्तिगत खेलमा खेल्ने जतिकै मिहिनेत गरेको हुन्छ । अझ भनौं, समूहगत खेलमा खेल्दा त आफ्नो प्रदर्शन मात्र नभएर अन्य खेलाडीसँगको समन्वयबारे पनि उत्तिकै ख्याल राख्नुपर्छ ।

व्यक्तिगत र समूहगत खेलको महत्त्व आ-आफ्नो ठाउँमा उत्तिकै पृथक छन् । दुवैतर्फ खेलाडीले जितको लागि खेल्छ, आफ्नो तर्फबाट देशको नाम राख्न हरप्रयास गर्छ । सरकारले सबै खेलाडीलाई एकै नजरले हेर्नु जरुरि छ । चाहे त्यो पुरस्कार दिने पक्षमा होस् या सुविधा र अवसर । पुरस्कार राशी घोषणा गर्दा भएको असमानतालाई सच्याउने अझैपनि समय छ । हुन त सरकार आफैं पनि पुरस्कार राशी के राख्ने विषयमा यकिन निर्णय गर्न सकेको छैन । तर अन्तिम निर्णय गर्दा सरकारको निर्णयले सबै खेलाडीलाई ‘समान’ गर्न सकिन्न भने कम्तिमा ‘न्याय’ गर्नु आवश्यक छ ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.