default_image

5 years ago

December 11, 2019

पन्जाबको जितमा किरण ‘म्यान अफ द म्याच’

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङको उच्च प्रदर्शनमा मिर्नेभा पञ्जाबले हिरो आईलिगमा पहिलो जित दर्ता गरेको छ ।

मंगलबार भएको खेलमा चेन्नई सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै पन्जावले आइलिगमा पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा चर्चिल ब्रदर्शसाग ३–० ले पारजित भएको पन्जावले दोस्रो खेलमा इस्ट बंगालसँग १–१ गोलको बराबरी खेलेको थियो ।

पञ्जाबलाई जित दिलाउन दिपान्दा डिक्का, थाईवा सिंह र सर्जियो बार्बोजाले गोल गरे । चेन्नाईका पेड्रो मान्जीले एक गोल फर्काए ।
खेलमा किरणले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिए । उनले २५ हजार भारतीय रुपैया हात पारे ।

लिगको दोस्रो खेलबाट किरणले पहिलो रोजाईमा खेल्ने मौका पाएका थिए । जितसँगै पञ्जाबले तीन खेलमा ४ अंक जोडेको छ । पन्जाब अंक तालिकाको पाँचौ स्थानमा छ ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.