5 years ago
December 11, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुल समूह ‘ई’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।
समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो । १२ अंक जोडेको इटालियन क्लब नेपोली उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । साल्जवर्गले ७ तथा जिन्कले १ अंक जोड्यो ।
रेडबुल एरिना अष्ट्रियमा मंगलबार राति लिभरपुललाई जिताउन नावी केइटा र मोहम्मद सलाहले गोल गरे । उनीहरुले दोस्रो हाफमा २ मिनेटको अन्तरमा २ गोल गर्न सफल भएको थियो ।
प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । लिभरपुलले ५७औं मिनेटमा साडियो मानेको पासमा नावी केइटाको गोलबाट अग्रता बनाएको थियो । लगत्तै ५८औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल लिभरपुलले २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यही समूहको अर्काे खेलमा नेपोलीले जिन्कलाई ४–० ले पराजित गर्दा मिलिकले ह्याट्रिक पुरा गरे । ड्रिएस मेर्टिन्सले एक गोल थपे ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]