5 years ago
December 11, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो ।
चेल्सी समूह ‘एफ’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । चेल्सीले ६ खेलबाट ११ अंक जोड्यो । यो समुहबाट स्पेनिस क्लब भ्यालेन्सिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । ११ अंक रहेपनि भ्योलन्सिया गोल अन्तरमा शीर्षमा रह्यो ।
अघिल्लो संस्करण सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डच क्लब आयाक्सले यसपटक समूह चरण पार गर्न सकेनन् । समूह चरणको अन्तिम खेलमा आयाक्स भ्यालेन्सियासँग १–० ले पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो । आयाक्सले ६ खेलबाट १० अंक जोड्यो । लिलले १ अंक जोड्यो ।
लिललाई हराउन टम्मी अब्राहम र सिजर एजपिलिक्वेटाले गोल गरे । लिलका रेमीले एक गोल फर्काए । १९आं मिनेटमा टम्मीको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । ३५औं मिनेटमा कप्तान सिजरले अग्रता दोब्बर पारे । ७८औं मिनेटमा रेमीले गोल गरेपनि चेल्सी २–१ ले विजयी हुन सफल भयो ।
यस्तै यही समूहको अर्काे खेलमा भ्यालेन्सियाले आयाक्सलाई १–० ले पराजित गर्दै समूहमा शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणका पुग्न सफल भयो । भ्यालेन्सियाको जितमा रोड्रिगोको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]