9 years ago
June 26, 2016
सहिद स्मारक ‘सी’ डिभिजन लिग २०७३को उपाधि जित्दै श्री भगवती क्लब, टोखाले आगामी सिजन बि डिभिजन लिग खेल्ने पक्का गरेको छ|
आज एन्फा कम्प्लेक्समा भएको खेलमा चढ्ने प्रयासमा रहेको मनोहरा एकीकृत युथ क्लबलाई २-०ले हराऊँदै भगवतीले उपाधि पक्का गरेको हो| दिनको पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाइ २-१ले हराउँदै झम्सिखेल युथ क्लबले पनि दोश्रो हुदैं बि डिभिजनको यात्रा तय गर्यो|
जितसंगै श्री भगवतीले ३ लाख र झम्सिखेलले १ लाख पचास हजार हात पारे| तेश्रो स्थानको बिरगंज र चौठो स्थानको मनोहराले ५० र २५ हजारमा चित्त बुझाए|
भगवतीका प्रशिक्षक बिकाश गौचन सर्वोत्कृष्ट प्रशिक्षक भए भने भगवातिकै सुजित बुढाथोकी सर्वोत्कृष्ट मिडफिल्डर चुनिए| मनोहराका सविन खड्काले सर्वोत्कृष्ट डिफेन्डर, बिरगंजका जयराम चौधरीले सर्वोत्कृष्ट गोलरक्षक र झाम्सिखेलका बिकाश लामाले सर्वोत्कृष्ट फरवार्ड उपाधि जिते|
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]