default_image

5 years ago

December 11, 2019

फातीको कीर्तिमानसँगै बार्सिलोनाको जित

332 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड अन्सु फातीले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार इन्टर मिलानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

मिलानको घरेलु मैदानमा २-१ को जित दर्ता गर्ने क्रममा फातीले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा मैदान प्रवेश गरेका उनले दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे । यससँगै फातीले च्याम्पियन्स लिगकै इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनी च्याम्पियन्स लिगमा गोल गर्न सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

त्यसअघि बार्सिलोनाले खेलको २३ औं मिनेटमा कार्लेस पेरेजको गोलमा अग्रता लिएको थियो । पेरेजले च्याम्पियन्स लिगमा डेब्यु गरेकै खेलमा गोल गर्न सफल रहे । इन्टरले खेलको ४४ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बराबरी गोल फर्कायो । जित दर्ता गर्न नसकेपछि घरेलु टोली इन्टरको च्याम्पियन्स लिग यात्रा भने सकिएको छ ।

अर्को खेलमा बोरुसिया डर्टमुन्डले स्लाभिया प्रागमाथि २-१ को जित दर्ता गर्यो । यस नतिजासँगै बार्सिलोना समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ भने इन्टर समूह चरणबाट बाहिरिएको छ । बार्सिलोनाले ६ खेलमा १४ अंक जोड्दा बोरुसियाले ६ खेलमा १० अंक जोड्यो । ६ खेलमा ७ अंक जोडेको इन्टरले अब युरोपा लिग खेल्नेछ ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.