default_image

5 years ago

December 10, 2019

१० खेलपछि आर्सनललाई जितको स्वाद

61 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले १० खेलपछि जितको स्वाद चाखेको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा पेस्ट ह्यामलाई ३–१ ले पराजित गर्दै १०औं खेलमा जितको स्वाद चाखेको हो । 

२५ अक्टोवरमा युरोपा लिगमा पोर्चुगिज क्लब भिक्टोरिया डि गुइमारेसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेयता आर्सनलले जित निकाल्न सकेको थिएन । यसक्रममा आर्सनलले ६ बराबरी र ३ हारको नजिता निकालेको थियो ।

लन्डन स्टेडियममा सोमबार राति भएको खेलमा आर्सनललाई जिताउन ग्याब्रियल मार्टिनेली, निकोलस पेपे र पिएरे इमरिक औवामियाङले गोल गरे । घरेलु टोलीका एंगलो ओग्वोनाले गरेको गोल सान्त्वना बन्यो । ३८औं मिनेटमा एंगलोको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ९ मिनेटको अन्तरमा ३ गोल गर्दै जित निकाल्न सफल भयो । ६०औं मिनेटमा मार्टिनेलीले बराबरी गोल फर्काए ।

६६औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई खेलमा २–१ को अग्रता दिलाए । ६९औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । जितसँगै आर्सनल २२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वेस्टह्याम १६ अंक जोडेर १६औं स्थानमा छ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.