9 years ago
June 26, 2016
सेमी फाइनलमा पराजित दुइ टोली बिचको तेस्रो स्थानकोलागी भएको भिडन्तमा अमेरिकालाई हराउदै कोलम्बिया कोपा अमेरिकामा तेस्रो स्थान पक्का गर्न सफल भएको छ ।
अर्जेन्टिनासँग पराजित भएको अमेरिका र चिलीसँग पराजित कोलम्बिया बिचको तेस्रो स्थानको खेलमा कोलम्बियाले १-० को जित हात पार्यो ।
३१ मिनेटमा कोलोम्बिया को लागि कार्लोस बाक्का ले दिलाएको अग्रता नै खेलको निर्णायक गोल साबित भयो । फाइनलमा आज साबिक बिजेता चिली र साबिक उपबिजेती अर्जेन्टिना भिड्दै छन ।
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो […]
January 6, 2025
एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा रोकेको छ। लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो । अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अंक दिलाएका हुन्। खेलमा अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन । […]
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]