5 years ago
December 9, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितामा रजत पदकमा सिमित भएको छ ।
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भयो । भारतका लागि बाला देवीले २ गोल गरिन् ।
१६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी डिफेन्डर स्विटी देवीले ब्लक गरिन् । उक्त ब्लकपछि काउन्टर अट्याकमा दाङमेइ ग्रेसको प्रहारले पोस्टको दिशा लिन सकेन ।
१८ औं मिनेटमा भारतले अग्रता लियो । डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा बालादेवीले गोल गर्दै भारतलाई अगाडि बढाइन् ।
३४ औं मिनेटमा अमृता जैसीको क्रसमा भारतीय गोलरक्षक अदिति चौहानले बल छुटाएपछि सावित्राको क्रसलाई बाला देवीले क्लियर गरिदिइन् ।
४२ औं मिनेटमा पुन: गोलरक्षक एन्जिला र डिफेन्सबीच तालमेल नमिल्दा ग्रेसले खाली पोस्ट रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।
दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता लिने अवसर पायो । सावित्रा भण्डारीले पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक अदितिले उत्कृष्ट बचाउ गरिन् । त्यसको केहिबेरमा नै भारतले अग्रता दोब्बर पार्यो । बालादेवीले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भारतलाई स्वर्ण पदक नजिक पुर्याइन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]