default_image

5 years ago

December 9, 2019

भार्डीको दुई गोलमा लेस्टरको रवाफ

59 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरत दिदा आइतबार राति एस्टन भिल्लामाथि सानदार जित दर्ता गरेको छ । लेस्टरले घरेलु टोली एस्टन भिल्लामाथि ४–१ को सानदार जित निकालेको हो ।

जितसँगै लेस्टर सिटीले शीर्षस्थानमा रहेको लिभरपुललाई पछ्याइरहेको छ । लेस्टरको १६ खेलबाट ३८ अंक जोडेको छ । शीर्षस्थानको लिभरपुलको समान खेलबाटै ४६ अंक छ । जुन ८ अंकको कम हो । यस्तै लेस्टरले साविक विजेता म्यानचेस्टर सिटीलाई ६ अंकले पछि पारेको छ ।

भिल्ला पार्क बर्मिङहमा लेस्टरलाई जिताउन जेमी भार्डीले दुई तथा केलिची इह्यान्चो र जोनी इभान्सले गोल गरे । घरेलु टोलीका ज्याक ग्रियलिसले एक गोल गरे । खेलको २०औं मिनेटमा भार्डीको गोलबाट लेस्टरले अ‍ेदमा अग्रता बनाएको थियो । ४१औं मिनेटमा केलिचीले अग्रता दोब्बर पारे । पहिलो हाफमो इन्ज्युरी समयमा घरेलु टोलीका ज्याकले एक गोल फर्काए ।

४९औं मिनेटमा जोनीले गोल गरेपछि लेस्टरले खेलमा ३–१ को अग्रता बनायो । ७५औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ४–१ को सानदार जित दिलाए । हारसँगै एस्टन भिल्ला १५ अंक जोडेर १७औं स्थानमा छ ।

आइतबार राति नै न्यु क्यासलले साउथह्याम्पटनलाई तथा सेफिल्डले नर्विच सिटीलाई समान २–१ ले पराजित गर्दा ब्राइटन र वल्भ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.