default_image

5 years ago

December 9, 2019

इतिहास रच्ने संघारमा महिला फुटबल

108 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध खेल्दैछ । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो । उक्त खेलको पहिलो हाफको बालादेवीले गरेको गोल नै निर्णायक सावित भयो । भारतले एकमात्र गोल गरेपनि खेलको अधिकांश समय नेपालले दवाव बनाएको थियो । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बिरलै बल बचाउनुपरेको थियो ।

पछिल्लो समय नेपाल र‌ भारतबीच निकै प्रतिस्पर्धात्मक खेल हुँदै आएको छ । विगतमा अौपचारिकता जस्तो रहने खेल हिजोआज दुवै टोलीमा अन्तर खासै देखिन्न । नेपालले अघिल्लो वर्ष भारतमै भएको हिरो गोल्डकपमा भारतलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यसयता नेपाल र भारतबीच नेपालमै‌ पनि खेल भयो,‌‌‌ तर दुर्भाग्यवश नेपाल फाइनलमा पराजित हुन पुग्यो ।

नेपाली टोलीलाई पोखरामा पुन: एकपटक इतिहास रच्ने अवसर छ । भारतलाई हराउन सके नेपालले महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने छ । यसका लागि टोली पनि तयार छ । पोखरेली समर्थकमाझ साग स्वर्ण दिलाउन फरवार्ड सावित्रा भण्डारीमाथि निकै अपेक्षा राखिएको छ ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.