default_image

5 years ago

December 8, 2019

सिटी र चेल्सीको हार

93 views

0 Bookmark

एजेन्सी – उपाधिका दावेदार म्यानचेस्टर सिटी र लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । सिटी म्यानचेस्टर युनाइटेडसँग तथा चेल्सी एभर्टनसँग पराजित भएको हो ।

सिटी घरेलु मैदानमै म्यानचेस्टर डर्वी भिडन्तमा २–१ ले पराजित भएको हो । युनाइटेडको जितमा मार्कुस रोसफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । घरेलु टोलीका निकोलस ओटामेन्डीले एक गोल फर्काए ।

युनाइटेडले खलेको ७ मिनेट भित्र नै २–० को अग्रता बनाएको थियो । २३औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गरे । २९औं मिनेटमा मार्सियालले गोल गर्दै अग्रता दोब्बर पारे । खेलमा २–० ले पछि परेपछि सिटीले युनाइटेडलाई लगातार दवावमा राखेपनि गोल गर्न अन्तिम समय कुर्नुपरेको थियो ।

८५औं मिनेटमा ओटामेन्डीले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटीमाथि युनाइटेड २–१ ले विजयी हुन सफल भयो ।

प्रिमियर लिगमा सिटीको यो चौथो हार हो । हारसँगै सिटीको उपाधि यात्रा झिनो बन्दै गएको छ । सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । सिटी शीर्षस्थानको लिभरपुल भन्दा १४ तथा दोस्रो स्थानको लेस्टर सिटीभन्दा ३ अंकले पछि छ । यद्दपि लेस्टरले एक खेल कम खेलेको छ । सिटीमाथिको जितसँगै युनाइटेड २४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

यस्तै शनिबार राति नै भएको खेलमा लन्डन क्लब चेल्सी एभर्टनसँग ३–१ ले पराजित भएको छ । एभर्टनका डोनिक कालभर्ट लेविनले दुई तथा रिचार्लीसनले एक गोल गरे । चेल्सीका माटियो कोभासिसले एक गोल फर्काए ।

हारपछि चेल्सी २९ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा एभर्टन १७ अंक जोडेर १४औं स्थानमा उक्लिएको छ । अर्काे खेलमा वाटफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.