5 years ago
December 8, 2019
एजेन्सी – प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले शीर्षस्थानमा बलियो पकड बनाएको छ । शनिबार राति एफसी बर्नमाउथमाथि ३–० को जित निकालेसँगै लिभरपुलले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको हो ।
शीर्षस्थानको अपराजित रहेको लिभरपुलको १६ खेलबाट ४६ अंक रहेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ११ अंक बढी हो । एक खेल कम खेलेको लेस्टरको ३५ अंक छ । म्यानचेस्टर सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।
बर्नमाउथमा लिभरपुललाई जिताउन एलेक्स ओक्सलेड चेम्वरलेन, नावी केइटा र मोहम्मद सलाहले गोल गरे । लिभरपुलले पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल थपेको थियो ।
३५औं मिनेटमा चेम्वरलेनको गोलबाट लिभपुल खेलमा अघि बढेको थियो । ४४औं मिनेटमा नावी केइटाले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । नावीले मोहम्मद सलाहको पासमा गोल गरेका थिए ।
५४औं मिनेटमा मोहम्मद सलाहले केइटाको पासमा गोल गर्दै लिभरपुललाई ३–० को आरामदायी स्थितिमा पुर्याएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले सहज जित निकाल्न सफल भयो ।
यता शनिबार राति नै टोटेनहमले बर्नलीमाथि ५–० को फराकिलो जित निकालेको छ । टोटेनहमको फराकिलो जितमा कप्तान ह्यारी केनले दुई तथा लुकास मोउरा, ह्युङ मिन सन र मोउसा सिसोको गोल गरे ।
टोटेनहमले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल गर्न सफल भएको थियो । जितसँगै टोटेनहम २३ अंक जोडेर शीर्ष ६ मा उक्लिएको छ । बर्नली १८ अंकसहित १३औं स्थानमा छ ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]