5 years ago
December 8, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीले ह्याट्रिक प्रहार गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत शनिबार मायोर्कालाई पराजित गर्दै लिगको शीर्षस्थानमा फर्किएको छ ।
बार्सिलोनाले मायोर्कामाथि ५-२ को जित दर्ता गर्दा मेस्सीले ३ तथा लुइस सुआरेज र एन्टोइन ग्रिज्मनले १-१ गोल थपे । खेलको सातौं मिनेटमा बार्सिलोनाले ग्रिज्मनको गोलमा अग्रता लिएको थियो । गोलरक्षक मार्क आंदर टेर स्टेगनको लामो पासमा मायोर्काको डिफेन्सको गल्तिको फाइदा उठाउँदै उनले गोल गरेका थिए ।
मेस्सीले १७ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्र बाहिर बल नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । लगत्तै सुआरेजले सर्जी रोबर्टोको कटब्याक पासमा राम्रो प्रहार गरेपनि क्रसबार गोलको बाधक बन्यो । यद्यपि ३५ औं मिनेटमा साल्भा सेभिलाको क्रसमा अन्ते बुडिमिरले गोल गर्दै खेलमा मायोर्कालाई फर्काए ।
पहिलो हाफको अन्त्यतिर मेस्सीले बार्सिलोनाको २ गोलको अग्रता पुन: स्थापना गरे । उनले ४१ औं मिनेटमा उत्कृष्ट फिनिसको नमुना प्रस्तुत गर्दै विपक्षी गोलरक्षकलाई बचाउने कुनै मौका दिएनन् । लगत्तै सुआरेजले ब्याकहिलमा गोल गर्दै बार्सिलोनालाई ४-१ ले अगाडी बढाए ।
दोस्रो हाफमा पनि बार्सिलोनाले एकपक्षी दवाव कायम राख्यो । यसबीच काउन्टर अट्याकमा मायोर्काले बुडिमिरबाट नै अर्को गोल फर्कायो । तर मेस्सीले खेलको ७ मिनेट बाँकी रहँदा आफ्नो ह्याट्रिक पूरा गर्दै जित पक्का गरे ।
यस जितसँगै बार्सिलोनाले १५ खेलमा ३४ अंकसहित शीर्षस्थान कब्जा गरेको छ । समान खेलमा समान अंक बोकेको रियल म्याड्रिड गोलअन्तरले पछाडी रहेको छ । सेभिल्लाको १५ खेलमा ३० तथा रियल सोसिडाड र एथलेटिक बिल्बाओको २६ अंक छ ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]