default_image

5 years ago

December 7, 2019

बार्सिलोनालाई पछि पार्दै रियल शीर्षस्थानमा

110 views

0 Bookmark

एजेन्सी – ला लिगामा रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा चलिरहेको छ । शनिबार रियलले इस्पानियोलाई २–० ले हराएपछि बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्षस्थानमा उक्लेको छ ।

घरेलु मैदानमा १० खेलाडमा सिमित भएर पनि रियलले १५ खेलमा १० औं जित निकालेको छ । ३७ औं मिनेटमा राफेल भारानेले गोल गर्दै रियललाई अगाडि बढाए । ७९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै अग्रतालाई दोब्बर पारे । खेल सकिन ७ मिनेट बाँकी रहँदा फेर्लान मेन्डीले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छाडेका थिए ।

रियलको १५ खेलमा ३४ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३१ अंक छ । ला लिगाका अन्य खेलमा भिल्ला रियल र एट्लेटिको म्याड्रिडबीच गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा ग्रानाडाले डिर्पोटिभो अल्भेसलाई ३–० ले हराएको छ ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.