default_image

5 years ago

December 8, 2019

खेलप्रेमी नेपाली दर्शकलाई सलाम

169 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

दर्शक कुनै पनि खेलको प्राण नै हुन् । दर्शकको उपस्थितिकै आधारमा खेलको लोकप्रियता नापिन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सातौं दिन सकिएको छ । लगभग सबै खेलमा दर्शकको उल्लेख उस्थिति हुने गरेको छ । त्यसमा पनि मास गेमको अवस्था उत्साहजनक छ । यसले खेलप्रति नेपालीहरुको रुचीलाई झल्काउँछ ।

१३ औं सागमै नेपाली महिला भलिबल टोलीले भारतविरुद्ध फाइनल खेलेको धेरै दिन भएको छैन । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बस्ने ठाँउ त कुरै छाडौं खुट्टा टेक्ने ठाँउ पाउन पनि मुस्किल थियो । टोलीले गर्ने प्रदर्शन र सफलताका आधारमा दर्शकको रुची पक्कै बढ्छ । अधिकांश खेलाडीहरुको भनाई हुने गर्छ घरेलु समर्थकको उपस्थितिले मनोबल बढाउँछ ।

कभर्ड हलसँगैको दशरथ रंगशालामा फुटबल सञ्चालन भइरहेको छ । राउन्ड रोविन लिगका आधारमा जारी फुटबलमा नेपालले ३ खेल खेलिसकेको छ । जसमध्ये २ मा जित र १ मा बराबरी गरेको छ । शनिबार नेपालले माल्दिभ्सविरुद्ध २–१ को जित निकाल्दा दर्शकको उपस्थिति लोभ लाग्दो थियो । झन्डै ६ वर्षपछि दशरथ रंगशालामा दर्शकको त्यो उपस्थिति देखिएको हो । सन् २०१३ को साफ च्याम्पियनसिपमा पनि नेपालको खेलमा दर्शकको त्यस्तै उपस्थिति हुने गरेको थियो ।

२०७२ को भूकम्पपछि भने रंगशालामा प्रतिस्पर्धात्मक फुटबल भएकै थिएन । १३ औं साग रंगशालामा फुटबल फर्कने एउटा राम्रो बहाना बनेको छ । साग आयोजना गर्नुपर्ने बाध्यता थिएन भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले मात्र चाहेर मात्र पनि रंगशाला बन्नेमा शंका गर्नुपर्ने हुन्थ्यो ।

साग फुटबलमा देखिएको यो जनलहर साग लगत्तै हुने सहिद स्मारक ए डिभिजन लिगले तान्न सक्छ कि सक्दैन त्यसको लागि भने केहि समय कुर्नुपर्ने हुन्छ । लिगमा घरेलु चर्चित क्लबहरुको खेल हुँदा टेकुसम्म रंगशाला छिर्नेको लाइन लाग्ने केहिलाई अझै सम्झना पक्कै हुनुपर्दछ । नेपालमा दर्शक भएको मास गेममा फुटबल, क्रिकेट र भलिबल नै हुन् । अन्य खेलमा पनि धेरैको रुची छ । यी तीन खेल नेपालमा त्यस्ता हुन् जसका लागि दर्शकहरु चर्कै मुल्य पैसा खर्चन पनि तयार हुन्छन् ।

साग फुटबलका लागि साधारण प्यारापिटतर्फ टिकट दर ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ । एन्फाका अनुसार शनिबारको खेलमा ११ हजार भन्दा बढी टिकट बिक्री भएको छ । आइतबार हुने नेपाल र बंगलादेशबीचको राउन्ड रोविन लिगको अन्तिम खेलमा पनि दर्शकको उपस्थिति त्यस्तै हुने सम्भावना छ । नेपाल फाइनल पुगेको अवस्थामा त कतिले टिकट किन्न चाहेर पनि नपाउने अवस्था पक्कै बन्नेछ । अहिले १५ हजारको आसपासले मात्र रंगशाला भित्र रहेर प्रत्यक्ष फुटबल हेर्ने सक्छन् ।

विगतमा निकै ठूलो संख्यामा देखिने समर्थकको भिड यसपटक क्रिकेटमा भने देखिएन । तुलनात्मक रुपमा राम्रो प्रतिव्द्वन्द्वी हुँदाहुँदै पनि टिकट मूल्य न्यायोचित हुन नसकेको गुनासो दर्शकहरुको छ । जाडो मौसममा कीर्तिपुरस्थित टियू मैदानको भुँइ चिसो हुने र त्यसमा पनि सामान्य सुविधाहरु उपलब्ध नहुँदा टिकटका लागि मोटो रकम खर्चन नसक्ने दर्शकको भनाइ छ । टीयु मैदानमा यसपटक दर्शकदिर्घा सुनसान देखिएपनि मैदानबाहिर भने नाराबाजी नै चलेको थियो ।

रंगशाला अगाडीको रहेको वल्र्ड ट्रेड सेन्टरमा राखिएको स्क्रिनमा मुल सडकको दायाँबाया उभियर दर्शकले हेर्ने प्रत्यक्ष प्रसारणबाट पनि नेपालमा फुटबलको लोकप्रियता आकलन गर्न सकिन्छ । सागको फुटबलमा दर्शकको उपस्थिति हेर्दा लाग्छ साच्चै फुटबल समर्थकले रंगशालाको फुटबल मिस गरिरहेका छन् । क्षेत्रिय स्तरको प्रतियोगितामा देखिएको यो उत्साहजनक सहभागितालाई अब मंसिर २८ गतेबाट सुरु हुने देशकै सबैभन्दा ठूलो प्रतियोगिता लिगले निरन्तरता दिन सकेको खण्डमा फेरी एकपटक व्यवसायिक फुटबलको आधार तयार हुन सक्दछ ।

दर्शकको उपस्थितिले दिने उर्जालाई खेलाडीले जति कसले महसुस गर्ला ? खेलाडीकै तालमा उत्तेजित र निराश हुने त्यो दर्शकको लगावलाई सलाम गर्नैपर्छ । अधिकांश नेपाली फुटबल खेलाडी रंगशालामा खेल्दा बेग्लै जोश आउने सुनाउँछन् । अहिले साग खेलिरहेका कतिपय खेलाडीले यहि साग दौरान पहिलो पटक रंगशालामा खेलेका छन् । सायद उनीले पनि दर्शकको उपस्थितिले दिने उर्जालाई मज्जैले अनुभव गरेको हुनुपर्दछ ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल फुटबल मन पराइने मुख्य देशमध्येको एक हो । फुटबलसँगै क्रिकेट, भलिबल अन्य केहि खेल हेर्नमा नेपालीहरुको विशेष रुची देखिएन्छ । यी खेलको लोकप्रियता बढाउने श्रेय नेपाली दर्शकलाई जान्छ । ती तमाम दर्शकलाई सलाम छ ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.