9 years ago
June 25, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आजबाट नकआउट चरण सुरु हुँदैछ । आज तीन खेल हुनेछन् । समूह चरणमा जस्तो एउटा खेल खराब भएपनि बाँकी खेलमा राम्रो गरेर अघि बढ्ने सम्भावना रहन्थ्यो । तर, नकआउटमा कुनै पनि टोलीसँग अघि बढ्न जितबाहेकको विकल्प हुने छैन । त्यसले पनि नकआउट चरणका हरेक खेललाई फाइनल सरह मानिन्छ । नकआउट चरणलाई टोलीको वास्तविक परिक्षाका रुपमा हेर्ने गरिन्छ ।
पोल्यान्डविरुद्ध स्विट्जरल्यान्ड ( साझ ६ः४५ बजे)
पोल्यान्डले सबैभन्दा बढी अपेक्षा गरेका रोबर्ट लेवान्डोवस्की समूह चरणमा चल्न सकेनन् । आज नकआउट चरणमा स्विट्रल्यान्डसँग भिड्दा उच्च प्रदर्शन गर्दै टोलीलाई अघि बढाउने उनीसँग एउटा मौका हुनेछ । समूह चरणमा अपराजित रहेको पोल्यान्डले जर्मनीलाई समेत बराबरीमा रोकेको थियो ।
लेवान्डोवस्कीले ६ अन्तर्राष्ट्रिय खेलयता गोल गर्न नसकेका कारण दबाब खेपिरहेका छन् ।
पोल्यान्ड र स्विट्रल्यान्ड दुवै टोली समूह चरणबाट नकआउट चरणमा पुगेको यो पहिलो युरोपियन च्याम्पियनसिप हो । स्विट्जरल्यान्डले पनि समूह चरणको अन्तिम खेलमा आइतबार आयोजक फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।
वेल्सविरुद्ध उत्तरी आयरल्यान्ड ( राती ९ः४५ बजे)
समूह चरणमा एक खेल हार्नाका वावजुद सनसनीपूर्ण प्रदर्शन गरेको वेल्सले साँझ ६ः४५ मा उत्तरी आयरल्यान्डको सामना गर्नेछ ।
इङ्ल्यान्ड सम्मिलित समूहबाट विजेताका रुपमा वेल्स अन्तिम १६ मा पुगेको थियो । रुसलाई समेत ३–० ले हराउँदै ६ अंक लिएर टोली अघि बढेको थियो । इङल््यान्डसँग २–१ ले हारेपनि स्लोभाकियामाथि २–१ को जित हासिल गरेको थियो । टोली समूह विजेतामा सबैभन्दा उत्कृष्ट प्रदर्शन टोलीका स्टार गेराथ बेलको रहेको छ । उनले तीन खेलमा ३ गोल गरेका थिए ।
आयरल्यान्ड समूह चरणका उत्कृष्ट तेस्रो टोली हुँदै अन्तिम १६ पुगेको थियो । युरोपियन च्याम्पियनसिपमा चार समूहमा तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीले पनि प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पहिलो पटक २४ टोली सहभागिता भएकाले पहिलो चरणमा ८ टोलीमात्र बाहिरिएका थिए
पोर्चुगलविरुद्ध क्रोएसिया (राती १२ः४५ बजे)
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समूह चरण अन्तिम खेलमा पुगेर यसपटकको युरोपियन च्याम्पियनसिपमा गोलको खाता खोलेका थिए । समूह चरणमा तीन बराबरीबाट पनि नकआउट चरण पुग्न सफल पोर्चुगललगायत अन्य टोलीलाई अब त्यो सुविधा हुने छैन । यहाँबाट हार भनेको प्रतियोगिताबाट बाहिरिनु पर्नेछ ।
पोर्चुगलले सबै खेल बराबरी गरेर अघि बढ्ने मौका पाएको थियो भने क्रोएसियाले समूह चरणको अन्तिम खेलमा साबिक विजेता स्पेनलाई २–१ ले हराएको थियो । पोर्चुगलले हंगेरीसँग ३–३ को बराबरीमा खेलेर उत्कृष्ट तेस्रो टोल ीबनेको थियो । दुई खेलमा गोल गर्न नसकेका रोनाल्डोले हंगेरीविरुद्ध २ गोल गरेका थिए ।
लगातार चार युरोपियन च्याम्पियनसिपमा गोल गर्न सफल रोनाल्डोबाट पोर्चुगलले मात्र होइन विश्व भरका उनका समर्थकले पनि बढी अपेक्षा राखेका छन् ।
समूह चरणमा अविश्वसनीय प्रदर्शन गरेको क्रोएसियाले स्पेनलाई समेत हराएकोले टोलीको मनोबल पक्कै उच्च हुनुपर्छ । क्लब फुटबलमा रियल मड्रिडबाट सँगै खेल्दै आएका रोनाल्डो र लुका मोड्रिचबीचको प्रतिस्पर्धा पनि हेर्न लायक हुने अनुमान गरिएको छ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]