default_image

5 years ago

December 5, 2019

साग महिला फुटबल – नेपालको फाइनल यात्रामा सावित्राको कीर्तिमान

357 views

0 Bookmark

अर्जुन कार्की, पोखरा
 नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् ।

पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । उनले १८ औं मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो गोलले उनलाई नेपालको सर्वाधिक गोलकर्ता बनाएको छ ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

यसअघिका दुवै संस्करणमा भारतले स्वर्ण र नेपालले रजत पदक जितेका छन् । सागमा मात्र होइन महिला साफ च्याम्पियनसिपमा पनि यी दुई टोलीबीच नै सबैभन्दा बढी फाइनल हुँदै आएको छ । पाँच मध्ये ४ पटक भारत र नेपालबीच नै फाइनल भएको छ । जसमा भारत सधै विजेता र नेपाल उपविजेता बन्दै आएका छन् ।

सावित्रा सर्वाधिक गोलकर्ता
यसैबीच महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । सागमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बारले सर्वाधिक गोलकर्ता बनेकी हुन् ।

उनले माल्दिभ्सविरुद्ध १८ औं मिनेटमा गोल गर्दै अनु लामा (३५ गोल) लाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६ औं अन्तर्राष्ट्रिय गोल थियो । सोही खेलमा उनले ३७ औं र ३८ औं अन्तर्राष्ट्रिय गोल पनि पुरा गरिसकेकी छन् । उनले २२ औं मिनेटमा दोस्रो र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् ।

नेपाली पुरुष खेलाडीलाई साम्बाले निकै पछाडी छाडेकी छन् । पुरुषतर्फबाट महिला राष्ट्रिय टोलीका वर्तमान मुख्य प्रशिक्षक हरि खड्का र नीराजन रायमाझी सर्वाधिक गोल गर्ने खेलाडी हन् । उनीहरुको समान १३ गोल छ । नीराजनले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानविरुद्ध गोल गर्दै हरिसँग बराबरी गरेका थिए ।

April 30, 2025

बार्सिलोना र इन्टर भिड्दै

एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]

April 30, 2025

च्यासल तेस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

Success

Thank you for your time.