default_image

5 years ago

December 5, 2019

नेयमार र एमबाप्पेको गोलमा पीएसजी विजयी

115 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डद्धय ब्राजिली नेयमार र फ्रेन्च फरवार्ड केलियम एमबाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । पीएसजीले नान्टेसमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदानमा पीएसजीले लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४१औं मिनेटमा नेयमारले गोल गरेपनि भिएआरले मान्यता पाएन । तर, ५२औं मिनेटमा एमबाप्पेले गोलको खडेरी तोडे । उनले एन्जल डि मारियाको पासमा ब्याकहिलमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

८५औं मिनेटमा नेयमारले पेनाल्टी गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । निकोलस पालोसिसले इकार्डीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । जसमा नेयमार चुकेनन् ।

जितसँगै पीएसजी १५ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । जुन दोस्रो स्थानको मार्सेली भन्दा ५ अंक बढी हो । नान्टेस २३ अंक जोडेर नवौं स्थानमा छ ।

यो पनि : ‘स्वर्ण जितें, अब विदेश जान्न’ – नेपाललाई सागमा सयौं स्वर्ण दिलाउन सफल सक्षम कार्कीको भोगाई

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.