5 years ago
December 5, 2019
एजेन्सी – युवा खेलाडीद्धय ट्यामी अब्राहम र मेसन माउन्टको गोल सँगै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । भिल्लाका ट्रेजेग्वेटले एक गोल फर्काए ।
स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । खेलको २४औं मिनेटमा अब्राहमको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । ४१औं मिनेटमा ट्रेजेग्वेटले बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफको शुरुमै चेल्सीले पुन खेलमा अग्रता बनाउन सफल भयो । अब्राहमको पासमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले पाहुना टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो । तसँगै चेल्सीले शीर्ष चारमा बलियो पकड बनाएको छ ।
चेल्सीको १५ खेलबाट २९ अंक पुगेको छ । पराजित भिल्ला १५ अंकसहित १५औं स्थानमा छ । लिभरपुलको ४३, लेस्टरको ३५ र म्यानचेस्टर सिटीको ३२ अंक छ । प्रिमियर लिगको अन्य खेलमा वल्भ्सले वेस्ट ह्यामलाई २–० ले तथा साउथह्याम्पटनले नर्विच सिटीमाथि २–१ को जित निकालेको छ । वल्भ्स पाँचौ, वेस्ट ह्याम १३औं, साउथह्याम्पटन १७औं र नर्विच १९औं स्थानमा छ ।
यो पनि : ‘स्वर्ण जितें, अब विदेश जान्न’ – नेपाललाई सागमा सयौं स्वर्ण दिलाउन सफल सक्षम कार्कीको भोगाई
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]