default_image

5 years ago

December 5, 2019

रासफोर्ड चम्कँदा मोउरिन्होको टोटेनहम पराजित

122 views

0 Bookmark

एजेन्सी – मार्कुस रासफोर्ड चम्कदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । युनाइटेडले टोटेनहममाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो ।

युनाइटेडले पछिल्ला चौथो खेलमा जितको स्वाद पाएको हो । ब्राइटनमाति ३–१ को जित निकालेपछि युनाइटेड युरोपा लिगा एस्तानमा सँग २–१ ले पराजित तथा प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएको थियो ।

यता, जोसे मोउरिन्होको प्रशिक्षणमा टोटेनहमले पहिलो हार बेहोरेको छ । मोउरिन्होले आफ्नै पुर्वक्लबविरुद्ध हार बेहोरेका हुन् । उनको प्रशिक्षणमा टोटेनहमले लगातार तीन जित निकालेको थियो । तर, चौथो खेलमा यो सफलता दोहोर्‍याउन सफल भएनन् ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलको छैटौं मिनेटमा माकर्सस रासफोर्डको गोलबाट घरेलु टोली अघि बढेको थियो । ३९औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

४९औं मिनेटमा रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा म्यानचेस्टर विजयी हुन सफल भयो । जितसँगै युनाइटेड १५ खेलबाट २१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहम २० अंकसहित आठौं स्थानमा छ ।

यो पनि : ‘स्वर्ण जितें, अब विदेश जान्न’ – नेपाललाई सागमा सयौं स्वर्ण दिलाउन सफल सक्षम कार्कीको भोगाई

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.