9 years ago
June 23, 2016
काठमाडौं– पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्र प्रारम्भ गरेका छन् । हालैमात्र जापानमा गौचन फनरुट्स फुटबल एकेडेमीमा आवद्ध भएका छन् । यो टोकियोमा अवस्थित व्यवसायकी फुटबल एकेडेमी हो ।
फनरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डस“ग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फनरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् । फनरुट्समा उनी स्पोर्टसको विधार्थीहरुका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् ।
पुमा सकर क्लब, चोफुओचुकाको स्कुल टिममा ६ वर्ष देखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा ४ देखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् । यी तिनै फनरुट्सका अन्तर्गतका शाखाहरु हुन् । यस वापत गौचनले वार्षीक पारिश्रमिक ५५ लाख रुपैंया नेपाली पाउछन् ।
‘यो एकेडेमीस“ग जोडिएर मैले आफ्नो स्त्तरलाई अझै माथि लाने अवसर पाएको छु, यस एकेडेमीमा युरोपका प्रशिक्षकहरु आउछन् । त्यस बाहेक जापानको वरिष्ठ प्रशिक्षक र पूर्व खेलाडीहरुले प्रशिक्षण दिने हुनाले मैले पनि धेरै सिक्ने अवसर पाउने छु,’ गौचनले भने, ‘यो एकेडेमीमा प्रशिक्षण दिनु चुनौती धेरै छ, तर मैले पनि नेपालको प्रतिनिधित्व गरिसकेको हुनाले र एएफसीको बी लाइसेन्स प्रशिक्षक भएको हुनाले आफ्नो जिम्मेवारी पुरा गर्नेमा विश्वस्त छु ।’
सन् २०१२ मा जर्मनीमा गौचनले ‘बी’ लाइसेन्स र युरोपियन कोर्ष गरेका थिए । यसअघि वसन्तले एफसी माबाशी फुटबल क्लबबाट २ वर्ष स्वयमसेवी प्रशिक्षण गरेका थिए । गौचन यसैलाई आफु अगाडी बढ्नुको कारण मान्छन् । उनले २०१२ देखि २०१४ मा माबाशीमा प्रशिक्षण दिएका थिए । त्यसपछि उनले जेएसीपीए फुटबल एकेडेमीमा प्रशिक्षण दिएका थिए ।
यस्तो अवसर दिएकोमा फुनरुट्सका मालिक जुन हिरानो प्रति आभार रहे । ५ महिना अघि हिरानोलाई लिएर गौचन नेपाल आएका थिए । गौचनकै अगुवाइमा पश्चिमाञ्चल टिमले टोक्योको अप्रिलमा कोपा पुमा टोरेरोज फेस्टिभलमा सहभागिता जनाएको थियो । सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउदाको सानदार प्रदर्शन गर्दै मोहित बनाएका गौचनको भविषयको योजना नेपालको युवा फुटबल विकास गर्ने रहेको बताउछन् ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]