default_image

5 years ago

December 3, 2019

मेस्सीलाई कीर्तिमानी छैटौ पटक बालोन डी’ओर अवार्ड

194 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीले कीर्तिमानी छैटौपटक यो अवार्ड हात पारेका छन् ।

मेस्सी २०१९ को उत्कृष्ट खेलाडी बन्ने क्रममा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

अवार्ड जितेसँगै मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बने । मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

March 5, 2025

शनिश्चरे बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]

March 5, 2025

सुनगाभा सैनामैना गोल्डकप : एपिएफ पनि पहिलो खेलमै पराजित

सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]

Success

Thank you for your time.