9 years ago
June 22, 2016
काठमाडौं(८ आषाढ)-जगदम्बा लुम्बिनि फुटबल क्लब र सिएमजी क्लब संकटाले ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल्ने भएका छन्।
बुधबार भएको क्वार्टरफाइनलमा संकटाले मनाङलाई र लुम्बिनिले मोरङलाई पाखा लगाएको हो। संकटाको ३-१को जितमा सुमन डंगोलले दुई गोल गरे भने सुजन महर्जनको नाममा एक गोल रह्यो। मनाङको तर्फबाट रोशन न्यौपानेले दर्शनिय फ्रिकिक गोल गरेका थिए। लुम्बिनिले भने एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१को जित हात पारेको हो।
मोरङको लागि मिलन धिमालले १६औं मिनेटमा गोल गरे पनि दोश्रो हाफमा सोहि अनुसार प्रदर्शन गर्न सकेन। लुम्बिनिका लागि तेजेन्द्र पुनले ५९औं मिनेटमा विजयी गोल गरेका थिए भने ५४औं मिनेटमा लुम्बिनिले बरबरी गोल फर्काएको थियो। बाँकी दुई क्वार्टरफाइनल खेल शुक्रबार खेलिनेछन्।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]