default_image

5 years ago

December 2, 2019

लेस्टरको पूनरागमन जित

85 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता दिदा एभर्टनमाथि पूनरागमन जित निकालेको छ । घरेलु टोली लेस्टर सिटीले एक गोलले पछि परेको स्थितिमा एभर्टनमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेमी भार्डी र केलेची इहेन्चोले गोल गरे । एभर्टनका रिचार्लीसनले गरेको गोल सान्तवना बन्यो ।

खेलको २५औं मिनेटमा रिचार्लीसनको गोलबाट लेस्टर सिटी खेलमा पछि परेको थियो । पहिलो हाफमा १–० को अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । ६८औं मिनेटमा जेमी भार्डीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा केलेचीले गोल गर्दै लेस्टरलाई २–१ को पूनरागमन जित दिलाए ।

जितसँगै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । लेस्टरले सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टरको १४ खेलबाट ३२ अंक पुगेको छ । यसक्रममा लेस्टरले १० जित, समान २ बराबरी र हारको नतिजा निकालेको छ । शीर्षस्थानको लिभरपुलको ४० अंक छ । सिटी २९ अंकसहित तेस्रो तथा २६ अंक जोडेर चेल्सी चौथो स्थानमा रहेको छ ।

यस्तै म्याचेस्टर युनाइटेड एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिएको छ । घरेलु टोलीका निल्ससन लिनलफल एक गोल गर्दा एक गोल उपहार पाएको थियो । एस्टन भिल्लाका ज्याक ग्रियलिस र ट्योरोनी मिङ्सले गोल गरे । लिगमा म्यानचेस्टरको यो छैटौ बराबरी हो । युनाइटेड १४ खेलबाट १८ अंक जोडेर नवौं स्थानमा छ ।

यस्तै आर्सनलले नर्विच सिटीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । वल्भ्स र सेफिल्ड युनाइटेडले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

March 5, 2025

शनिश्चरे बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]

March 5, 2025

सुनगाभा सैनामैना गोल्डकप : एपिएफ पनि पहिलो खेलमै पराजित

सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]

Success

Thank you for your time.