default_image

5 years ago

December 2, 2019

युभेन्टस बराबरीमा, इन्टर शीर्षस्थानमा

130 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस घरेलु मैदानमा सासुओलोसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा इन्टरले एसपीएएललाई २-१ ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लियो ।

घरेलु मैदानमा युभेन्टसले २० औं मिनेटमा अग्रता लिएको थियो । कप्तान लिओनार्डो बोनुचीको प्रहार डिफेन्सलाई लाग्दै गोलमा परिणत भएको थियो । तर सासुओलोका लागि जेरेमी बोगाले २ मिनेटपछि नै खेल बराबरीमा ल्याए । उनले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकलाई चिप गरेका थिए ।

दोस्रो हाफको दोस्रो मिनेटमा फ्रान्सेस्को कापुटोको प्रहार गोलरक्षक जियानलुइजी बुफोनले फुत्काएपछि युभेन्टस पछि परेको थियो । खेलको २२ मिनेट बाँकी रहंदा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । सासुओलोका गोलरक्षक स्टेफानो तुरातीले खेल अवधिमा रोनाल्डोको फ्रिकिक तथा गोन्जालो हिगुआइन र आरोन राम्जीको प्रहार विफल पारेका थिए ।

अर्को खेलमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । खेलको १४ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट मार्टिनेजले गोल गर्दै इन्टरलाई अगाडि बढाए । पहिलो हाफको ३ मिनेट बाँकी रहँदा मार्टिनेजले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा माटिया भलोतीले ५० औं मिनेटमा गोल गर्दै एसपीएएललाई खेलमा फर्काए । त्यस्तै गोलरक्षक एत्रित बेरिशाले पनि उत्कृष्ट बचाउ गर्दै मार्टिनेजको ह्याट्रिक पूरा हुन दिएनन् । पछिल्लो ३ खेलमा ५ गोल गरेका मार्टिनेजले इन्टरका लागि यस सिजन १२ गोल गरिसकेका छन् ।

यस नतिजासँगै इन्टर मिलानले १४ खेलमा १२ जित, १ बराबरी र १ हारसहित ३७ अंक जोडेको छ । यता अपराजित युभेन्ट्स भने १४ खेलमा ११ जित र ३ बराबरीसहित ३६ अंक जोड्दै दोस्रो स्थानमा झरेको छ ।

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

March 5, 2025

शनिश्चरे बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]

March 5, 2025

सुनगाभा सैनामैना गोल्डकप : एपिएफ पनि पहिलो खेलमै पराजित

सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]

Success

Thank you for your time.