5 years ago
December 2, 2019
एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि जित दर्ता गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
आइतबार एट्लेटिकोको घरेलु मैदानमा बार्सिलोना १-० ले विजयी रहयो । खेलको ४ मिनेट समय बाँकी रहँदा कप्तान लियोनेल मेस्सीले गरेको गोल निर्णायक सावित भयो । उनले लुइस सुआरेजसँग खेलेको उत्कृष्ट वन-टु पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेल अवधिभर एट्लेटिको डिफेन्सले मेस्सीलाई रोकेपनि अन्त्यमा भने उनी गोल गर्न सफल रहे । घरेलु टोलीका लागि जोआअो फेलिक्सले सुरुवाती समयमा गरेको प्रहारले गोलको दिशा लिन नसक्दा दवावलाई गोलमा परिणत गर्न चुकेको थियो । एट्लेटिकोले सुरुवाती समयमा आक्रमक प्रस्तुति गरेपनि बार्सिलोना डिफेन्सले राम्रो प्रदर्शन गर्यो ।
यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना र रियल म्याड्रिडको समान अंक भएपनि गोलअन्तरको आधारमा बार्सिलोना अगाडि छ । दुवै टोलीले १४ खेलमा ३१ अंक जोडेका छन् । तेस्रो स्थानमा रहेको सेभिल्लाको १५ खेलमा ३० अंक रहेको छ ।
ला लिगाका अन्य खेलमा भ्यालेन्सियाले भिल्लारियललाई २–१ ले, सेभिल्लाले लेगानेसलाई १–० ले, एथ्लेटिक बिल्वाओले ग्रानडालाई २–० ले, ओसासुनाले इस्पान्योललाई ४–२ ले तथा गेटाफेले लेभान्टेलाई ४–० ले पराजित गरेको छ ।
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]