9 years ago
June 22, 2016
अमेरिकामा भइरहेको कोपा अमेरिका २०१६को पहिलो सेमिफाइनलमा आयोजक राष्ट्रलाई ४-०ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ।
इजेक्वेल लाभेजीको तेश्रो मिनेटको गोलबाट अगाडी बढेको अर्जेन्टिनाका लागि गोन्जालो हिगुएनले दुई र लियोनेल मेसीले एक गोल गरे। मेसीले ३२औं मिनेटमा गोल गर्दै टिमलाई २-०ले अघि बढाएका थिए। उनले फ्रिकिक मार्फत गोल गरेका थिए।
हिगुएनले दोश्रो हाफमा दुई गोल थपेर अर्जेन्टिनालाई लगतार दोश्रो वर्ष फाइनल पुर्याएका हुन्। उनले ५०औं र ८६औं मिनेटमा गोल गरेका थिए।
अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र गत वर्षको विजेता चिलिको सेमिफाइनलको विजेतासंग भिड्नेछ। उक्त सेमिफाइनल खेल भोली हुने भएको छ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]