5 years ago
December 1, 2019
एजेन्सी – साविक विजेता पोर्चुगल अर्काे वर्ष आयोजना हुने युरोकप फुटबलको कठिन समूह ‘एफ’ मा परेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिका अनुसार पोर्चुगल, जर्मनी र फ्रान्स ‘ग्रुप अफ डेथ’ समूह ’एफ’ परेको हो ।
समूह ’एफ’ मा एक राष्ट्र प्ले अफ छनोटबाट आउने छन् । यस समूहबाट उत्कृष्ट एक टिम समूह चरणबाटै बाहिरिने सम्भावना देखिएको छ ।
यस्तै समूह ‘ए’ मा इटाली, स्विट्जरल्यान्ड, टर्की र वेल्स रहेको छ ।
समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्याण्ड रहदा समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स र अष्ट्रिया रहेका छन् । एक टोली प्ले अफबाट आउने छन् ।
समूह ‘डी’ मा इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक परेको छ । यसमा पनि एक राष्ट्र प्ले अफ छनोटबाट आउने छ । त्यस्तै समूह ‘ई’ मा स्पेन, पोल्याण्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टिम रहेको छ ।
२४ राष्ट्रको सहभागिता रहेको युुरोकप जुन १२ देखि जुलाई १२ २०२० सम्म हुने युरोपको विभिन्न १२ राष्ट्रमा सयुक्त रुपमा आयोजना हुनेछ ।
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]