5 years ago
December 1, 2019
एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले खेलमा दुईपटक अग्रता लिएर न्युक्यासल युनाइटेडसँग बराबरीको नतिजा निकालेको छ । सिटी घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।
बराबरीसँगै सिटी उपाधि यात्रा कमजोर बनेको छ । सिटीको १४ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिन सफल भएपनि शीर्षस्थमानको लिभरपुलभन्दा ११ अंकले पछि परेको छ । एक खेल कम खेलेको लेस्टर सिटीको पनि २९ अंक छ । लेस्टरले आज एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा जित या बराबरीको नतिजाले लेस्टर पुनः दोस्रो स्थानमा फर्कनेछ । बर्नमाउथ १६ अंक जोडेर १२औं स्थानमा छ ।
जेम्स पार्क न्यु क्यासलमा भएको खेलको २२औं मिनेटमा रहिम स्ट्रलिङले कप्तान डेभिड सिल्भाको पासमा गोल गर्दै पाहुना टोली सिटीलाई अग्रता दिलाएका थिए । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन । २५औं मिनेटमा जेट्रो विलेम्सले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको ८२औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । त्यो अग्रत पनि लामो समय टिकेन । ८८औं मिनेटमा लिभरपुलका पूर्व खेलाडी जोन्जो सेल्भेले बराबरी गोल फर्काउदै सिटीसँग अंक खोस्न सफल भए ।
यता, जोसे मोउरिन्होको प्रशिक्षणमा टोटेनहम हस्टपरले लगातार तेस्रो जित निकाल्दा बर्नमाउथमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्यो । यसअघि टोटेनहमले प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडलाई ३–२ ले तथा च्याम्पियन्स लिगमा ओलम्पियाकोसमाथि ४–२ को जित निकालेको थियो ।
टोटेनहमका डेल अलीले दुई तथा मोउसा सिसोकोले एक गोल गरे । बर्नमाउथका ह्यारी विल्सनले दुवै गोल गरेपनि जितको लागि पर्याप्त बनेन । जितसँगै टोटेनहम १४ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ अंकसहित १२औं स्थानमा छ ।
यता, लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ । अघिल्लो खेलम म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको चेल्सी शनिबार राति वेस्टह्यासँग १–० ले स्तब्ध बनेको हो । दोस्रो हाफमा आरोन क्रेसवेलले गरेको गोल नै चेल्सीको हारमा पर्याप्त बन्यो । हारपछि चेल्सी १४ खेलबाट २६ अंक जोडेर चौथो स्थानमा यथावत छ । वेस्टह्याम १६ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ ।
अन्य नतिजा:
बर्नलीविरुद्ध क्रिस्टल प्यालेस (०–२)
साउथह्याम्पटनविरुद्ध वाटफोर्ड (२–१)
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]