5 years ago
December 1, 2019
एजेन्सी – डिफेन्डर भर्जिल भान डाइकले दुई गोल गरेसँगै मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्बियोनलाई पराजित गर्दै शीर्षस्थानलाई थप पकड बनाएको छ । १० खेलाडीमा समेटिएको लिभरपुलले ब्राइटनमाथि २–१ को जित निकालेको हो ।
जितसँगै साविको उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र लेस्टर सिटीलाई ११ अंकले पछि पारेको छ । लेस्टरले एक खेल कम खेलेको छ । लिभरपुलको १४ खेलबाट ४० अंक रहेको छ । समान खेलबाटै सिटीको २९ अंक रहेको छ । एक खेल कम खेलेको लेस्टर सिटीको पनि २९ अंक छ ।
एनफिल्डमा शनिबार राति भएको खेलको १८औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट घरेलु टोली लिभरपुलले खेलमा अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सजेन्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । २४औं मिनेटममा अर्नाेल्डकै पासमा भान डाइकले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
दोस्रो हाफ लिभरपुलको राम्रो हुन नसकेपनि खेल आफ्नो पक्षमा पार्न सफल भयो । ७६औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । एडम वेवस्टेरको लामो पासलाई बक्स बाहिर ह्यान्ड गरेपछि रेफ्रीले गोलरक्षक एलिसन बेकरलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसको तीन मिनेटपछि नै लिभरपुलले गोल खान पुथ्गदा खेल २–१ को स्थितिमा आएको थियो । ७९औं मिनेटमा कप्तान लेविस डंकले गोल गरे ।
त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो । हारसँगै ब्राइटन १५ अंक जोडेर १५औं स्थानमा छ ।
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]