default_image

5 years ago

December 1, 2019

बार्सिलोनालाई पछि पार्दै रियल शीर्षस्थानमा

114 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसालाई २–१ ले पराजित गर्दै रियाल शीर्षस्थानमा उक्लिएको हो ।

यद्धपि बार्सिलोनाले एक खेल कम खेलेको छ । रियलको १४ खेलबाट ३१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको २८ अंक रहेको छ । बार्सिलोनाले आज राति एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।

शनिबार राति रियललाई जिताउन कप्तान सर्जियो रामोस र ड्यानियल कार्भाहलले गो गरे । घरेलु टोलीका लुकास पेरेजले पेनाल्टीमा एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५२औं मिनेटमा कप्तान सर्जियो रामोसले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ६५औं मिनेटमा लुकास पेरेजले पेनाल्टीमा बराबरी गोल फर्काए । ६९औं मिनेटमा कार्भाहलले गोल गर्दै रियालाई २–१ को जित दिलाए । पराजित अलाभेसको १८ अंकसहित १४औं स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा रियाल सोसिडाडले एइबारमाथि ४–१ को तथा रियल बेटिसले मलोर्कामाथि २–१ को जित निकालेको छ । सेल्टा डि भिगो र रियल भलाडोलिडले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

March 5, 2025

शनिश्चरे बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]

March 5, 2025

सुनगाभा सैनामैना गोल्डकप : एपिएफ पनि पहिलो खेलमै पराजित

सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]

Success

Thank you for your time.