9 years ago
June 22, 2016
युरो २०१६ अन्तर्गत सोमबार राति भएको खेलमी क्रोएसियासंग २-१को हार व्यहोरेपछि अन्तिम१६ चरणमा स्पेनको भेट इटालीसंग हुने भएको छ।
गत संसकरणमा फाइनलमा भिडेका यी दुई टोली अब अन्तिम १६मा भेट हुने पक्का भएको छ। इटालीले आफ्नो समुहको दुवै खेल जितेर समुह विजेता हुने पक्का भइसकेको छ भने स्पेन दुई खेल जित्दै समुह उपविजेताको रुपमा अघि बढेको हो।
स्पेनले पहिलो खेलमा चेक गणतन्त्रलाई १-० र दोश्रो खेलमा टर्किलाई ३-०ले हराएको थियो। उता इटालीले भने पहिलो खेलमा बेल्जियमलाई २-० र दोश्रोमा स्विडेनलाई १-०ले पराजित गरेको थियो। इटालीले आज समुहको अन्तिम खेलमा आयरल्याण्डको सामना गर्दैछ।
टोली | जित | ड्र | हार | गोल डि | अंक |
---|---|---|---|---|---|
क्रोसिया | २ | १ | 0 | +२ | ७ |
स्पेन् | २ | 0 | १ | +३ | ६ |
टर्की | १ | 0 | २ | -२ | ३ |
चेक | 0 | १ | २ | -३ | १ |
युरो कपमा पहिलो जित दर्ता गर्दै टर्कीले आफ्नो अन्तिम १६ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ । चेक रिपब्लिकलाई २-० ले हराउदै टर्की ले ३ अंक सहित समुह डिमा तेस्रो स्थान पक्का गर्दै पछील्लो चरण पुग्ने सक्ने आशा जिवित राखेको हो ।
पहिलो हाल्फ को १० मिनेट पछी गोल गर्दै यिलम्याजले टर्कीलाई अग्रता दिलाए भने तुफानले खेलको दोस्रो हाल्फको २० मिनेटमा गोल गर्दै टर्की को जित सुरक्षित गरे ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]