default_image

5 years ago

November 30, 2019

डेम्वेले १० साता मैदान बाहिर

115 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च विङ्गर औसमाने डेम्वेले १० साता मैदान बाहिर रहने भएको छ । थाइ इन्जुरीका कारण डेम्वेलेले कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को जित निकालेको खेलमा डेम्वेलेले चोट बोक्न पुगेका थिए । उनी खेलको २६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । अब उनी कम्तीमा पनि फेब्रुअरीसम्म मैदान बाहिर रहनेछ ।

२२ वर्षीय डेम्वेले बार्सिलोना आएसँगै लगातार चोटसँग जुधिरहेको छ । डेम्वेलेले यो सिजन मात्रै तीन खेलमा मात्रै खेलेका छन् । चोट बोकेसँगै डेम्वेलेले १८ डिसेम्वरमा हुने ‘एल क्लासिको’ सँगै अन्य महत्वपुर्ण खेल गुमाउनेछन् ।

डेम्वेले २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाटै बार्सिलोना आएका थिए । बार्सिलोना आएसँगै डेम्वेलेको यो नवौपटक ठुलो चोट बोकेको हो ।

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

March 5, 2025

शनिश्चरे बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]

March 5, 2025

सुनगाभा सैनामैना गोल्डकप : एपिएफ पनि पहिलो खेलमै पराजित

सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]

Success

Thank you for your time.