default_image

5 years ago

November 30, 2019

आर्सनलका प्रशिक्षक इम्री बर्खास्त

88 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले आफ्ना मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ । यो सिजन लगातार खराव प्रदर्शन गरेपछि क्लबले युनाईलाई शुक्रबार बर्खास्ती गरेको हो ।

 

इम्री १८ महिनाअघि फ्रेन्च क्लब (पीएसजी) बाट लन्डन क्लब आर्सनलको प्रशिक्षक बनेका थिए । बिहीबार राति युरोपा लिगमा जर्मन क्लब फ्रन्कफर्टविरुद्ध सुरुवाती अग्रता लिएर पनि २–१ ले पराजित भएपछि क्लबले इम्रीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । फ्रन्कफर्टसँग घरेलु मैदानमा पराजित भएसँगै समर्थकहरुले पनि ‘युनाई आउट’ भन्ने ब्यानर प्रदर्शन गरेका थिए ।

आर्सनल आएको पहिलो सिजन नै इम्रीको प्रशिक्षणमा आर्सनलले उच्च प्रदर्शन गरेपनि यो सिजन लगातार खराव प्रदर्शन गरिरहेको छ । इम्रीसँगै हेड अफ फुटबल राहुल स्नेललेही, निर्देशक भिनाई भेन्कातेसह्याम र टेक्निकल डाइरेक्टर इडुले पनि आफ्नो जव गुमाएका छन् ।

इम्रीले आर्सनलका लागि ७८ खेल खेलाउदा ४३ जित, १६ बराबरी र १९ हारको नतिजा निकालेको छ । अब इम्रीको स्थानमा पुर्व खेलाडी फ्रेडी एलजङवर्गले आर्सनललको अन्तरिम प्रशिक्षक बनेका छन् । अब एलजङवर्गको प्रशिक्षणमा आर्सनलले नर्विच सिटीसँग खेल्नेछ ।

अन्तरिम प्रशिक्षक बनाइसकेपनि आर्सनल नयाँ प्रशिक्षकको खोजीमा छ । मौरिसियो पोचेटिनो, ब्रेन्डन रोजर्स, मिकेल अर्टेटा, राफयल बेनिटेज र नुनो स्पिरिटोलगायतलाई प्रशिक्षक बनाउने तयारी गरेको छ ।

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

March 5, 2025

शनिश्चरे बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]

March 5, 2025

सुनगाभा सैनामैना गोल्डकप : एपिएफ पनि पहिलो खेलमै पराजित

सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]

Success

Thank you for your time.