5 years ago
November 29, 2019
एजेन्सी – नेपाली मुलकी फुटबलर अस्मिता आले इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् । सोही क्लबको युथ एकेडेमीबाट हुर्किएकी अस्मिताले शुक्रबार क्लबसँग पहिलो व्यवसायिक सम्झौता गरेकी हुन् ।
एस्टन भिल्लाको उमेर समूहको टिममा लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै क्लबले अस्मितासँग शुक्रबार व्यवसायिक सम्झौता गर्दै क्लबमै राख्न सफल भएको हो । उनको सम्झौता रकम भने खुलाइएको छैन । १८ वर्षे डिफेन्डर अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन् ।
‘व्यवसायिक रूपमा फुटबल खेल्ने मेरो सपना हो । क्लबमा व्यवसायिक रुपमा अनुबन्धित हुन पाउँदा खुशी लागेको छ,’ सम्झौतापछि अस्मिताले भनिन्, ‘मलाई एस्टन भिल्ला र स्टाफले भविष्यको लागि यही राख्ने कुरा थाहा पाँउदा आत्मविश्वास बढाएको छ ।’
अस्मिताले २०१७-१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापक र समर्थकलाई प्रभावित पारेकी थिइन् । अस्मिताले इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिमबाट पनि खेलिसकेकी छिन् । अस्मिताले युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटमा केही खेल खेलेकी थिइन् ।
आलेको प्रदर्शनले उनलाई अहिलेसम्म सिनियरको भन्दा राम्रो खेल देखिएको र उनी भविष्यमा ठुला स्टार बन्ने मुख्य प्रशिक्षक गेम्मा डेभिसले बताइन् । ‘उनी आफ्नो करयरको शुरुवातमा छिन् । मलाई लाग्छ उनीमा धेरै सम्भावना र सम्भाव्यता छ । उनले आफैले आफैलाई प्रमाणित गरेकी छिन् ।’
प्रशिक्षक डेभिसले भनिन्, ‘युथ एकेडेमीबाट खेलाडीहरु ल्याउने र पहिलो टिममा उनीहरुलाई अवसर दिनेमा हामी गर्व गर्दछौं । अस्मिता त्यसको एक उदाहारण हो । यो सम्झौताले युवा खेलाडीहरुप्रति टिम प्रतिबद्धता रहेको देखाउछ । किनकि उनहरुले हामीलाई विश्वास देखाएका छन् ।’
तनँहु दमौली पुख्यौली घर रहेका अस्मिताका बुवा अमृत आले पुर्व गोरखा सैनिक हुन् । उनीहरु हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । परिवार नै बेलायतमा रहेपछि अस्मिताले यस्तो मौका पाएको हो । बुवा अमृत पनि स्क्वासका पुर्व राष्ट्रिय खेलाडी हुन् ।
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]