5 years ago
November 29, 2019
एजेन्सी – जापानी मिडफिल्डर दाइची कामादाको उत्कृष्ट प्रदर्शनसँगै इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टसँग घरेलु मैदानमा स्तब्ध बनेको छ । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको हो ।
इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन दाइची कामदाले दुई गोल गरे । आसर्नलका पिएरे इमरिक औवामियाङले गरेको गोल सान्तवना बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा औवामियाङले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा आर्सनलले त्यो अग्रतालाई जोगाउन सकेन ।
५५औं मिनेटमा कामदाले पहिलो गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ड्यानी दा कोस्टाको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा कामदाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफर्टलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल घरमै २–१ ले स्तब्ध बन्न पुग्यो ।
हारसँगै आर्सनल समूह ‘एफ’ मा ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत छ । फ्रान्कफर्ट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
यही समूहको अर्काे खेलमा भिटोरिया डि गुइमारेइस र स्टान्डर्ड लिएजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छन् । स्टान्डर्ड लिएजको ७ तथा गुइमारेइसको २ अंक छ ।
अन्य नतिजा
क्रान्सोडरविरुद्ध बसेल (१–०)
ट्रावजन्सपरविरुद्ध गेटाफे (०–१)
बेसिक्टासविरुद्ध स्लोभान ब्राटिसलाभा (२–१)
ब्रागाविरुद्ध वल्भ्स (३–३)
सिएसकेएविरुद्ध लुडोगोरेट्स (१–१)
एफसी ओलेक्सान्द्रियविरुद्ध वल्सवर्ग (०–१)
फेरेन्कभारोसविरुद्ध इस्पान्योल (२–२)
फियोनोर्डविरुद्ध रेन्जर्स (२–२)
इस्तानबुलविरुद्ध रोमा (०–३)
सेन्ट एटिएनविरुद्ध जेन्क (०–०)
वल्सवर्गरविरुद्ध मोन्चेनग्लाडवाक (०–१)
योङ ब्वाइजविरुद्ध एफसी पोर्टाे (१–२)
सेल्टिकविरुद्ध रेनिस (३–१)
डुडेलेन्जविरुद्ध अपोइल निकोसिया (०–२)
लजियोविरुद्ध सिएफआर क्लुज (१–०)
लुगानोविरुद्ध कोपेनहेगन (०–१)
माल्मोविरुद्ध डाइनामो किएभ (४–३)
रोजेनवर्गविरुद्ध लास्क (१–२)
सेभिल्लाविरुद्ध क्वारावाग (२–०)
स्पोर्टिङ लिस्वनविरुद्ध पीएसभी इन्डोभेन (४–०)
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]