default_image

5 years ago

November 29, 2019

आत्मघाती गोलमा म्यानचेस्टरको हार

93 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा काजकस्तानको क्लब एफसी एस्तानासँग स्तब्ध बनेको छ । युनाइटेडले सुरुवाती अग्रत जोगाउन नसक्दा एस्तानासँग २–१ ले स्तब्ध बनेको हो ।

एस्ताना एरिनामा बिहीबार राति भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाइटेडले खेलको १०औं मिनेटमा जेसे लिङ्गार्डको गोलबाट अग्रता लिएको थियो । टोलीको कप्तानी गरिरहेका उनले लुका साको पासमा गोल गरेका थिए । पहिलो हाफसम्म १–० को लिएको युनाइटेडले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन ।

५५औं मिनेटमा दिमित्री सोमकोले बराबरी गोल फर्काए । ६२औं मिनेटमा डि सोन बर्नाडले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २–१ ले पछि परेको थियो । रुकाभिनाको क्रसलाई बर्नाडले क्लियर गर्न खोज्दा डिफ्लेक्ट हुदै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ ले स्तब्ध बन्यो ।

यही समूहको अर्काे खेलमा एजेट अल्कामार र पार्टीजान बेलग्राडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पार्टीजानले दुई गोलको अग्रता जोगाउन नसक्दा घरेलु टोलीसँग बराबरीमा रोकिन पुगेको हो ।

जितसँगै एस्तानाले समूह ‘एल’ मा पहिलो जितसहित ३ अंक जोडेको छ । युनाइटेड १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । बराबरीसँगै अल्कामारको ५ खेलबाट ९ तथा बेलग्राडको ५ अंक छ ।

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

March 5, 2025

शनिश्चरे बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]

March 5, 2025

सुनगाभा सैनामैना गोल्डकप : एपिएफ पनि पहिलो खेलमै पराजित

सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]

Success

Thank you for your time.