5 years ago
November 28, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सियाले युइएफए च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक बराबरी खेलेको छ । चेल्सी र भ्यालेन्सियाले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको हो ।
चेल्सीका माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले गोल गरे । घरेलु टोली भ्यालेन्सियाका कार्लाेस सोलेर र ड्यानियल वासले गोल गरे ।
भ्यालेन्सियामा बुधबार राति भएको खेलमा घरेलु टोलीले ४०औं मिनेटमा कार्लाेस सोलेरको गोलबाट अग्रता बनाएको थियो । त्यसको एक मिनेट बित्न नपाउदै चेल्सीका माटियो कोभासिसले बराबरी गोल फर्काएका थिए ।
५०औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गरेपछि चेल्सीले खेलमा २–१ को अग्रता बनाएको थियो । ६५औं मिनेटमा घरेलु टोली भ्यालेन्सियाले बराबरीको सुन्दर मौका खेर फाल्यो । ड्यानियल पारेजोले पेनाल्टीमा गोल गर्न सकेन । तर, ८२औं मिनेटमा ड्यानियल वासले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।
बराबरीसँगै चेल्सीको चेल्सी ५ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ । समान ८ अंक भएपनि भ्यालेन्सिया गोल अन्तरमा दोस्रो स्थानमा छ । १० अंकसहित डच क्लब आयाक्स शीर्ष स्थानमा छ । समुह ‘एच’ मा आयाक्स, भ्यालेन्सिया र चेल्सीको नकआउट चरणमा पुग्ने सम्भावना छ ।
यही समूहको अर्काे खेलमा डच क्लब आयाक्सले फ्रेन्च क्लब लिलमाथि २–० को जित निकालेको छ । जितसँगै आयाक्सले नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । अब समूहको अन्तिम खेलमा आयाक्सले भ्यालेन्सिया तथा चेल्सीले लिलसँग खेल्नेछ ।
March 5, 2025
एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]