default_image

5 years ago

November 28, 2019

इन्टर मिलानको प्रभावशाली जित

69 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिग फुटबलमा  प्रभावशाली जित निकालेको छ । इन्टर मिलानले चेक रिपब्लिक क्लब स्लाभिया प्राहामाथि ३–१ को सानदार जित निकालेको हो ।

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । प्राहाका थोमस सोसिसले एक गोल फर्काए । इन्टरका रोमेलु लुकाकुको दुई गोलले भिएआरको मान्यता पाएन ।

प्राहामा बुधबार राति भएको खेलमा इन्टरले खेलको १९औं मिनेटमा मार्टिनेजको गोलबाट अग्रता बनाएको थियो । ३५औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ३७औं मिनेटमा थोमस सोसिसले बराबरी गोल फर्काए ।

८१औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए । ८८औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए । एन्ज्युरी समयमा लुकाकुले गोल गरेपनि पुनः भिएआरको मान्यता पाएन ।

जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । अब समूह चरणको अन्तिम खेलमा बार्सिलोनालाई बराबरी वा पराजित गरे या अर्काे खेलमा डर्टमन्डले पनि हार भोगेको अवस्थामा इन्टरले नकआउट चरणमा स्थान बनाउनेछ । इन्टर ५ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ ।

यही समूहमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३–१ ले पराजित गर्दै समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.