5 years ago
November 28, 2019
एजेन्सी – पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सले सन् २०१९ को गोल्डेन ब्वाई उपाधि जितेका छन् । विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका खेलाडीलाई यो उपाधि प्रदान गरिंदै आएको छ ।
इटालीको प्रतिष्ठित संचारमाध्यम टुट्टोस्पोर्टले प्रदान गर्दै आएको यस अवार्ड जित्ने फेलिक्स एटलेटिको म्याड्रिडका दोस्रा खेलाडी बनेका छन् । यसअघि सन् २००७ मा अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले पनि यो उपलब्धि हासिल गरेका थिए । फेलिक्सले यस उपाधि जित्ने क्रममा दोस्रो स्थानमा रहेका जेडन सान्चोलाई झन्डै दोब्बर मतअन्तरले हराए ।
फेलिक्स यसै मात्र पोर्चुगिज क्लब बेन्फिकाबाट एटलेटिको आएका हुन् । म्याड्रिड क्लबले अनुबन्धन गर्न १ सय २६ मिलियन युरो खर्चेपछि उनी विश्व फुटबलका चौथो महँगा खेलाडी पनि बने । उनले गत सिजन लिगमा २१ खेल सुरुवात गर्दै १५ गोल र ७ असिस्ट प्रदान गरेका थिए । यस सिजन भने चोटका कारण खराब सुरुवात पाएका उनले १० खेलमा २ गोल मात्र गरेका छन् ।
अघिल्लो सिजन डिफेन्डर म्याथिस डे लिग्टले यस उपाधि जितेका थिए । त्यसअघि फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले अवार्ड हात पारेका थिए । अवार्ड विजेताले फेरी दावेदारी दिन पाउने छैनन् । सन् २००३ देखि सुरु भएको यस अवार्डको पहिलो विजेता राफाएल भान डर भार्ट थिए ।
त्यसलगत्तै सिजन वायन रुनी र लिओनेल मेस्सीले अवार्ड हात पारे । मारियो बालोटेली, पल पोग्बा र रहिम स्टरलिङले पनि यस उपलब्धि हासिल गरेका छन् । यस अवार्डका लागि इटाली र अन्तर्राष्ट्रिय फुटबलका शीर्ष ४० पत्रकारहरुले मतदान गर्ने प्रावधान रहेको छ ।
सन् २०१९ को वरीयता :
१. जोआओ फेलिक्स (३३२ मत)
२. जेडन सान्चो (१७५ मत)
३. काई हाभर्टज (७५ मत)
४. अर्लीङ हालान्ड (७४ मत)
५. माथिस डे लिग्ट (७१ मत)
६. अन्सु फाती (४९ मत)
७. फिल फोडेन (४६ मत)
८. जियानलुइजी डोनारुम्मा (३७ मत)
९. निकोलो जानीओलो (३६ मत)
१०. डोनेल मालेन (३५ मत)
March 5, 2025
एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]