default_image

5 years ago

November 28, 2019

घरेलु मैदानमा लिभरपुलको बराबरी

116 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब नेपोलीले युइएफए च्याम्पियन्स लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुल घरेलु मैदानमा नेपोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

एनफिल्डमा घरेलु टोली लिभरपुलले एक गोलले पछि परेको स्थितिमा खेलमा फर्कंदै बराबरीको नतिजा निकालेको हो । लिभरपुलका डेजान लभरेन तथा नेपोलीका ड्रिस मर्टेन्सले गोल गरे ।

खेलको २१औं मिनेटमा मर्टेन्सको गोलबाट लिभरपसुल पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो । ६५औं मिनेटमा लभरेनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

बराबरीसँगै समूह ‘ई’ मा लिभरपुल ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा स्थानमा यथावत रहेको छ । नेपोली ९ अंकसहित दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा साल्जवर्गले जेन्कमाथि ४–१ को सानदार जित निकालेको छ । साल्जवर्गको जितमा पास्टोन डाका, ताकुमी मिनामिनो, हि चान ह्वाङ र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे । जेन्कका लागि एमबीवाना समताले एक गोल फर्काए ।

जितसँगै साल्जवर्गको ५ खेलबाट ७ अंक जोडेर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । जेन्क १ अंकसहित पुछारमा छ । अझैपनि समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको छैन । लिभरपुललाई अन्तिम चरणको खेलमा कम्तिमा बराबरी आवश्यक रहेको छ ।

March 5, 2025

रियलसँग एट्लेटिको पराजित

एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

Success

Thank you for your time.