5 years ago
November 28, 2019
एजेन्सी – स्टार फरवार्डत्रय कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।
घरेलु मैदानमा बार्सिलोनाले डर्टमन्डलाई ३–१ ले पराजित गर्दै समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो । अपराजित बार्सिलोनाको ५ खेलबाट ११ अंक रहेको छ । अब बार्सिलोनाले इन्टर मिलानसँग खेल्न बाँँकी छ । यो खेलमा बराबरी या हारले पनि बार्सिलोनालाई कुनै फरक पर्ने छैन ।
नोउ क्याम्पमा बार्सिलोनाले खेलको २९औं मिनेटमा लुइस सुआरेजको गोलबाट अग्रता बनाएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा सुआरेजको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।
६७औं मिनेटमा एन्टोइन ग्रिजमनले मेस्सीको पासमा गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले अघि बढेको थियो । ७७औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना ३–१ ले विजयी रहन सफल भयो ।
बार्सिलोनासँगको हारसँगै डर्टमन्डको नकआउट चरणमा पुग्ने सम्भावना यथावतै छ । जित निकाल्न सकेको भए डर्टमन्डले नकआउटको यात्रा तय गर्ने थियो । डर्टमन्डको ५ खेलबाट ७ अंक छ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]