9 years ago
June 21, 2016
टुलुज (एजेन्सी)– रसियामाथि ३–० को जित निकाल्दै वेल्स युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह बीको विजेता बनेको छ । आज बिहानैको अर्को खेलमा इङ्ल्यान्ड र स्लोभाकियाले गोलरहित बराबरी खेलेपछि वेल्स समूहको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । इङ्ल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
वेल्सको ६, इङ्ल्यान्ड ५ अंक छ । स्लोभाकियाले भने अघि बढ्नका लागि सबै समूहको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । छ वटा समूहका विजेता र उपविजेता स्वतः नकआउटमा पुग्नेछन् । छ समूहका उत्कृष्ट तेस्रो टोलीमध्ये ४ टोली पनि अन्तिम १६ मा जानेछन् । १ अंक जोडेको रसिया प्रतियोगिताबाट बाहिरएको छ ।
अघिल्लो खेलमा इङ्ल्यान्डसँग २–१ ले पराजित भएपछि वेल्सले रसियासँगको खेल सुरुआतबाट दबाबमा राखेको थियो । आरोन रामसेले ११ औं मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए । जो एलेनको सहयोगमा उनले गोल गरे । निल टेलरले २० औं मिनेटमा गोल थपे । अघिल्ला दुई खेलमा फ्रिकिकमार्फत गोल गरेका रियल मड्रिडका गेराथ बेलले रामसेको पासमा गोल गरे । त्यो गोलले उनलाई जारी प्रतियोगिताको सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत बनाएको छ । वेल्सले अब कुनै समूहको तेस्रो हुने टोलीसँग शनिबार क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]