default_image

5 years ago

November 27, 2019

डिबालाको गोलमा युभेन्टसको जित

84 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ ।

एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेको थिए । अघिल्लो खेलमा विश्राम पाएका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मैदानमा पुरै समय बिताएपनि गोल गर्न सकेनन् ।

जितसँगै समूह ‘डी’ बाट युभेन्टस नकआउट चरणमा पुग्न सफल भएको छ । समूहमा अपराजित रहेको युभेन्टसको ५ खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ७ अंक छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसेनले लोकोमोटिभमाथि २–० को जित निकालेको छ ।  जितसँगै लिभरकुसेन ६ अंक जोडेर तेस्रो स्थानमा उक्लदा लोकोमोटिभ ३ अंक जोडेर पुछारमा छ ।

March 4, 2025

मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]

March 4, 2025

बुट्टाबारी च्यालेन्ज कप- आयोजक सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

Success

Thank you for your time.