5 years ago
November 27, 2019
एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेस्कसँग बराबरीमा रोकिएपनि इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा सिटी साख्तरसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
बराबरीको नतिजासँगै सिटीले समूह ‘सी’ मा ५ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा रहँदै एक खेल बाँकी रहँदा नकआउट चरणमा पुग्न सफल भएको हो । अन्य तीन टोली साख्तर, डाइनामो जाग्रिव र एटलान्टाको पनि नकआउट चरण पुग्ने सम्भावना बाँकी छ ।
साख्तरको ६, डाइनामोको ५ तथा एटलान्टाको ४ अंक छ । अब समूह चरणको अन्तिम खेलले नै नकआउट पुग्ने अर्काे टोलीको टुङ्गो लाग्नेछ ।
इतिहाद स्टेडियममा प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५६औं मिनेटमा इकेए गुन्डोगानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६९औं मिनेटमा साख्तरका मनोर सोलोमोनले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो र अंक बाँडियो ।
यही समूहको अर्काे खेलमा इटालियन क्लब एटलान्टाले क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि २–० को जित निकालेको छ । जितसँगै एटलान्टाले पनि नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।
March 5, 2025
एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]